Skip to main content

ट्रम्पको ‘मेक्सिको सिटी पोलिसी’ वा ‘ग्लोबल ग्याग रुल’

प्रश्न र उत्तरहरू

अद्यावधिक:जुन २२

के हो ट्रम्पको “मेक्सिको सिटी पोलिसी” वा “ग्लोबल ग्याग रुल”?

२३ जनवरी, २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  मेक्सिको सिटी पोलिसी सन्धर्भमा राष्ट्रपतिय ज्ञापनपत्र जारी गर्नुभएको थियो। यस आदेशले १९८४ देखि अघिल्लो रिपब्लिकन प्रशासनहरू अन्तर्गत अपनाइएको “मेक्सिको सिटी पोलिसी”लाई बहाल गर्नुका साथै विस्तार पनि  गरेको छ।  

मई १५ मा राज्य सचिव रेक्स टिलर्सनले यस विस्तारलाई कार्यान्वयन गराउनका लागी वैश्विक स्वास्थ्य सहायतामा जीवन रक्षा नामको योजना अनुमोदन गर्नुभयो। १९७३ देखि अमेरिकी कानूनले गर्भपतन-सम्बन्धित गतिविधिहरूको लागि अमेरिकी वैदेशिक सहायताको  प्रयोग निषेधित गरेको छ। १९७३को विदेशी सहायता ऐनको "हेल्म्स अमेन्दमेन्ट”ले “परिवार नियोजनको एक विधिका रूपमा गर्भपतन सेवा प्रदान” गर्नको लागि अमेरिकी आर्थिक सहयोगको प्रयोग निषेधित गरेको छ। “मेक्सिको सिटी पोलिसी” एउटा छुट्टै नियम हो जसले अमेरिकी ग्लोबल हेल्थ असिस्टन्स  प्राप्त गरिरहेको गैर सरकारी संस्थाहरुलाई थप प्रमाणित गर्न लगाउछन् की उनीहरुले आफ्नै गैर-अमेरिकी कोष पनि निम्न सेवाहरुको लागि प्रयोग गरेका छैनन् :

  • गर्भपतन सेवा प्रदान गर्न

  • विरामीहरुलाई गर्भपतनको विकल्पबारे सल्लाह वा उल्लेख  गर्न, वा

  • गर्भपतन संबन्धित कानुनको उदारीकरणका  लागि समर्थन गर्न

संस्थाहरुले कसरि आफ्नै गैर-अमेरिकी कोष चलाउन सक्छन भन्ने विषयमा प्रतिबन्द लगाउने, साथै स्वास्थ्य कार्यकर्मीले आफ्ना बिरामीहरुसंग गर्ने सल्लाह सुझाव सिमित गराउने र आफ्नै देशमा कानुनी परिवर्तनका उनीहरुलाई वकालत गर्न बाट रोकाउने भएकाले यस नितिलाई “ग्लोबल ग्याग रुल” पनि भनिन्छ।

यस नियमको ट्रम्प संस्करण अघिल्लो संस्करणहरु भन्दा धेरै हानिकारक किन छ र स्वास्थ्य अधिवक्ताहरुले यसको विनाशकारी प्रभाव हुनेछ भनेर किन भन्छन्?

अघिल्लो रिपब्लिकन प्रशासनहरू अन्तर्गत, मेक्सिको सिटी पोलिसीका प्रतिबन्धहरु विशेषत अमेरिकी परिवार नियोजन कोषमा लागु  हुन्छन् , जसको मूल्य लगभग ५७५ मिलियन अमेरिकी डलर हो।  

ट्रम्पको नीतिले थप ८.८ बिलियन डलरको अमेरिकी ग्लोबल हेल्थ असिस्टन्स अन्तर्गतको सहयोगमा  प्रतिबन्ध लगाउछ। यस अन्तर्गत परिवार नियोजन र प्रजनन स्वास्थ्य, मातृ र बाल स्वास्थ्य, पोषण, एचआइभी / एड्स लगायत प्रेसिडेन्ट्स प्लान फोर इमर्जेन्सी रिलिफ फोर एड्स (पेपफार) प्रेसिडेन्ट्स प्लान फोर इमर्जेन्सी रिलिफ फोर एड्स (पेपफार) अमेरिकी सरकारको एचआईभी / एड्स संबन्धि पहल हो र राष्ट्रपतिको वैश्विक स्वास्थ्य पहलको सबै भन्दा ठूलो भाग हो। , क्षयरोगको रोकथाम तथा उपचार, मलेरिया (साथै राष्ट्रपतिको  मलेरिया पहल), संक्रामक रोगहरु, उपेक्षित ट्रपिकल रोगहरु, र साथै पानी, सरसफाइ र स्वच्छता कार्यक्रम यो नियम सबै घरेलू र समुदाय-स्तरका पानी, सरसफाइ र स्वच्छता कार्यक्रमहरुमा लागू हुन्छ, तर केही घरेलू सेटिङहरू, विद्यालय, स्वास्थ्य सेवा केन्द्र , व्यावसायिक प्रयोग, र राष्ट्रिय नीति विकास गतिविधिहरुमा हुने पानी र सरसफाइ पूर्वाधार खर्चमा छूट दिन्छ। आदीका लागि छुट्याइएको कोषको सहायता पनि पर्छ।

यी कार्यक्रममा यस नीतिका  प्रभाव अझै अज्ञात छन् तर निम्न गम्भिर हानिकारक प्रभावहरु सम्भवत छन्:

  • अमेरिका स्वास्थ्यमा विश्वकै सबै भन्दा ठूलो डोनर भएकोले यस नीतिले स्वास्थ्य परिणाममा प्रगति कमजोर बनाउने  सम्भावना छ।

  • करिब ६० कम तथा मध्य आय देशहरूमा महिला र बालिकाले गर्भनिरोधकमा  कम पहुँच पाउनेछन जसले परिणामस्वरूप थप अनियोजित गर्भावस्था र (प्राय असुरक्षित) गर्भपतन बढाउनेछन।  

  • उच्च मातृ मृत्युदर भएका  ठाउहरुमा, असुरक्षित गर्भपतन र अनियोजित गर्भावस्था वृद्धिका  कारणले यी प्रतिबन्धहरुले सजिलै रोक्न सकिने मातृ मृत्युहरु बढ्न सक्छन।  

  • अमेरिकी सहयोग गुमाउने स्वास्थ्य परियोजनाहरुले  नवजात, शिशु र बाल स्वास्थ्य, खोप, एचआईवी / एड्सको रोकथाम र उपचार, मलेरिया, क्षयरोग (टीबी) र पोषण जस्ता कार्यक्रमहरुको कटौती गर्नुपर्नेछ।

  • अमेरिकी धन गुमाउने बिना गर्भपतन बारेमा विरामीहरु संग स्वास्थ्य जानकारी साझा गर्न वा गर्भपतन व्यवस्था सम्बन्धित सुधार छलफल गर्न रोक लगाएर यो प्रतिबन्धले आवश्यक स्वास्थ्य कोषलाई कार्यकर्ता र स्वास्थ्य सेवाकर्मिको बोली र क्रियाकलापलाई शोषण गर्ने हतियार बनाउछ।

अभ्यासमा यो नियम कस्तो देखिन्छ?

एउटा विदेशी गैर सरकारी संस्थाको उदाहरण लिउं जसले आफ्नो कोषको ५० प्रतिशत सहयोग गैर अमेरिकी स्रोतहरूबाट पाउछ। यस भागले उसले यौन र प्रजनन स्वास्थ्य सेवा साथै परामर्श, सिफारिश, वा गर्भपतन सम्बन्धित सेवाहरू प्रदान गर्छ। अमेरिकाबाट प्राप्त भएको ५० प्रतिशत सहयोगले उसले बच्चाहरुकोलागी खोप, पोषण पूरक तत्वहरु, एचआईभी / एड्स, मलेरिया र टीबीको लागि उपचार प्रदान गर्छ। यो नियम अन्तर्गत, यस संस्थाले दुई विकल्पमध्ये एक छान्नु पर्नेछ। कि त उसले आफ्नो अमेरिकी सहयोग गुमाउनुपर्नेछ, जसले गर्दा उसको सञ्चालन बजेट आधा हुनेछ या उसले आफ्नो प्रजनन स्वास्थ्य सेवाहरु काट्नु पर्नेछ। प्रतिबंध पालना गर्ने संस्थाहरुले पनि अनुपालन र रिपोर्टिङ आवश्यकताहरू पूरा गर्नका तर्फ आफ्नो स्रोतहरू छुट्याउन पर्नेछ ।

यस नीतिले गर्दा,  स्रोत र साधन कम भएका समुदयमा  स्वास्थ्य सेवाहरु झन् कम्जोर हुनेछन। धेरै ठाउँहरुमा, यो नीतिबाट प्रभावित संगठनहरू यी सेवाहरू प्रदान गर्ने एक मात्र स्रोत हुन्छन् ।  

Induced abortion rates in 20 sub-Saharan African countries, by exposure to the Mexico City Policy, 1994–2008Ibid. Exposure to the Mexico City Policy was classified as high or low according to whether the level of per capita financial assistance provided to the country for family planning and reproductive health by the United States was above or below the median for the period from 1995 to 2000. The dashed vertical line indicates the year the Mexico City Policy was reinstated. The two curves were generated from observational data using the locally weighted scatterplot smoothing (lowess) method.

यौन र प्रजनन स्वास्थ्य हेरविचार किन महत्त्वपूर्ण छ?

बच्चा जन्माउने वा नजन्माउने, कहिले जन्माउने र बच्चामा कति जन्मान्तर राख्ने भन्ने निर्धारण गर्न पाउनु महिला र बालिकाको अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सुरक्षित मानव अधिकार हो। अनियोजित गर्भावस्थाले एउटा बालिकाको शिक्षा रोकेर, बाल विवाह बढाएर, स्वास्थ्य सम्बन्धि जटिलताहरु निम्त्याएर वा महिला र बालिकाको ज्यान जोखिम मा परेर अन्य अधिकारहरुमा असर गर्न पनि सक्छ।  

“ग्लोबल ग्याग रुल” का  अघिल्ला  संस्करणहरुको प्रभाव बारे हामीलाई के थाहा छ?

“ग्लोबल ग्याग रुल” का  अघिल्ला  संस्करणहरु अन्तर्गत, आफ्नो कामलाई निरन्तरता दिएमा अमेरिकी सहयोग गुमाउने संस्थाहरुले आफ्ना सेवा र कर्मचारी कम गराउन का साथै कहिले काँही क्लिनिक नै बन्द गर्नु परेको छ। अर्कोतर्फ, यी प्रतिबन्धहरु पालन गरेर आफ्नो अमेरिकी सहयोग राख्न पाएका संस्था हरुले आफ्ना बिरामीहरुलाई पूर्ण र सहि जानकारी दिन र गर्भपतन सम्बन्धि कडा नियमहरुको परिवर्तन को लागि वकालत गर्न नपाएर “निसासिएको” बताएका छन्।  

उदाहरणका लागि, २००९मा ह्युमन राइट्स वचको एक अनुसन्धानले पत्ता लगायो कि पेरुमा आमाको स्वास्थ्य संरक्षण वा जीवनलाई हानिकारक भ्रूण असामान्यताहरुको रोकथाम को लागि गरिने थेराप्युतिक गर्भपतन सेवा प्रदान गर्ने संस्थाहरुलाई अमेरिकी सहयोग निषेधित गरेर यस नियमले पेरुलाई प्रदान गरिएको मातृ स्वास्थ्य कोषमा असर पारेको थियो।  

एउटा नया काइसर फामिली फाउन्डेशन अनुसन्धानले जनायो कि अमेरिकी स्वास्थ्य सहयोग प्राप्त गरिरहेका करिबन  ४० राष्ट्रले ट्रम्पको नीति अनुसार प्रतिबन्धित कमसेकम एक प्रकार को कानुनि गर्भपतन गर्ने अनुमति दिएका छन् । Kaiser Family Foundation, “What Is the Scope of the Mexico City Policy: Assessing Abortion Laws in Countries That Receive U.S. Global Health Assistance,” May 3, 2017, (accessed June 2, 2017).

परिवार नियोजनको कोषमा प्रतिबन्ध लगाउनाले अनियोजित गर्भावस्था, गर्भपतन र मातृ मृत्युको दर बढ्छ। एक स्टेनफोर्ड विश्वविद्यालय अध्ययनले १९९४ र २००८ बिच सब-सहारन अफ्रिकाका २० देशको विस्तृत राष्ट्रिय सर्वेक्षणको जांच गर्यो।  यस जांच अनुसार, ग्लोबल ग्याग रुल बाट सबैभन्दा प्रभावित देशहरुमा गर्भपतनको दर वृद्धि भएको  थियो भने यस नीतिबाट अप्रभावित देशहरुमा गर्भपतनको दर स्थिर रह्यो।Eran Bendavid, Patrick Avila, and Grant Miller, Stanford University, “United States aid policy and induced abortion in sub-Saharan Africa,” Bulletin of the World Health Organization 2011;89:873-880C, http://www.who.int/bulletin/volumes/89/12/11-091660/en/ (accessed June 2, 2017).

यस नीतिका केहि अपवाद छन् त ?

ट्रम्पको मेक्सिको सिटी नीति राज्य विभागको माइग्रेसन र शरणार्थी सहायता, रक्षा विभागको प्रकोप र मानवीय राहत गतिविधिहरु लगायत मानवीय सहायतामा लागू हुनेछैन। तर, ट्रम्प प्रशाशनले मानवीय सेटिंगमा मुख्य परिवार नियोजन र मातृ स्वास्थ्य सेवा प्रदान गर्ने  संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (UNFPA) लाई अनुदान सहयोग बन्द  गरेको छ। अमेरिका सो संस्थाको  सबै भन्दा ठुलो डोनर थियो र अमेरिकाले ६९मिलियन डलर को अनुदान दिएको थियो, जस मध्ये ३८.३ मिलियन डलर  आपतकालीन मानवीय सहायताको लागी निर्धारित थियो।  

साथै आधारभूत स्वास्थ्य अनुसन्धान, विदेशी विद्यालय र अस्पतालका कार्यक्रम र शान्तिका लागि खाद्य (Food for Peace) कार्यक्रम हरुमा पनि यो नीति लागु  हुनेछैन। राज्य विभागको  व्याख्या अन्तर्गत, यो नीति कार्यान्वयन-विज्ञान अनुसन्धान, परिचालन वा कार्यक्रम अनुसन्धान, सर्वेक्षण, आवश्यकता मुल्यांकन र कार्यक्रम सुधारको प्रयोजनको लागि सञ्चालित क्षमता-निर्माण कार्यक्रममा लागू हुनेछ।

जीवनलाई खतरा, बलात्कार, वा हाडनाताकरणी भएको खण्डमा दिइने गर्भपतन सेवा, परामर्श, वा सिफारिश र गर्भपतन पछिको हेरविचारमा यो नीति लागुहुनेछैन। साथै कानुनी र गैरकानुनी गर्भपतनका कारण पुगेको चोटको उपचारमा पनि यो नीति लगुहुनेछैन। ग्लोबल ग्याग रुलको अघिल्लो संस्करणहरुमा पनि यी अपवादहरु थिए तर व्यापक रुपमा चिनिएका, बुझिएका, र प्रयोग  गरिएका थिएनन्। स्वास्थ्य कर्मिहरुले चिकित्सा नैतिकताको  आवश्यकता हुँदा निष्क्रिय सिफारिश पनि दिन्सक्छ्न।  स्तरिय प्रावधानमा, पहिलेनै गर्भपतन चाहने गर्भवती महिलाले प्रत्यक्ष प्रश्न गर्दा कहाँ सुरक्षित र कानुनी गर्भपतन गराउन सकिन्छ भनेर दिइने सिफारिशलाई निष्क्रिय सिफारिश अथवा प्यास्सिव रिफेरल भनिन्छ।

ग्लोबल ग्याग रुल कहिले र कसरी जारी हुनेछ ?

यस नीतिको कार्यान्वयन योजना मई १५ देखि जारी भएको छ।  यस कार्यान्वयनले कार्यक्रमहरुमा लगातार र स्थिर प्रभाव पार्नेछ।  सबै नयाँ अनुदान, सहकारी सम्झौताहरू, र कोन्ट्राक्ट अन्तर्गतका अनुदान, वा वर्तमान कोष सम्झौताहरूमा परिमार्जन समयमा यी प्रतिबंध उल्लेख गरिएको  "स्तरिय प्रावधान" समावेश गरिनेछ। कोन्ट्राक्ट मार्फत कोष अनुदान सम्मानित गरिएका संस्थाहरुलाई यो नीति लागुहुनेछ। तर, एक इन्टरएजेन्सी समुहले अझै पनि यी परिवर्तनहरूलाई कार्यन्वयन गर्नुकोलागी नियमहरु विकास गर्दैछ।  

यसको बारे के गर्न सकिन्छ?

एउटा प्राथमिकता हो व्यापक यौन र प्रजनन स्वास्थ्य सेवाको कोषमा भएको अभाव सच्याउनु  र सुरक्षित र कानुनी गर्भपतन लगायतका यी सेवाहरु प्रदान गर्ने समुहहरुलाई सहायता  गर्नु। ट्रम्पको ग्लोबल ग्याग रुलले सबैभन्दा स्रोत र साधन कम भएका समुदायमा उच्च गुणस्तरको सेवा प्रदान गर्ने केही संगठनहरूका लागि कोष अभाव उत्पादन गर्नेछ। अमेरिका, वैश्विक स्वास्थ्य सहयोग को सबैभन्दा ठूलो दाता, ले यी अत्यधिक योग्य प्रदायकहरूका लागि उत्पादन गरेको कोषको अभाव भर्न लगभग असम्भव हुनेछ, तर अन्य स्रोतहरुमा वृद्धि र विविधता ल्याउन सकेमा धेरैको जीवन सुरक्षित हुनेछ।

केही सरकारहरूले सार्वजनिक रुपमा गर्भपतनमा  प्रतिबन्ध नलगाउने यौन र प्रजनन स्वास्थ्य र अधिकार को लागि थप सहयोग जनाएका  छन्।  उदाहरणका लागि, डच सरकारले ग्लोबल ग्याग रुलबाट प्रभावित समूहहरुलाई सहयोग गर्न "She Decides" नामको अन्तर्राष्ट्रिय कोष पहल सिर्जना गरेका छन्। बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स , र स्वीडेन द्वारा आयोजित मार्च २ मा भएको प्रारम्भिक् शिखर सम्मेलनमा  लगभग १९० मिलियन डलरको सहयोगको वचन पाइयो।  

एउटा दिर्घकालिन रणनीतिको रूपमा, अमेरिकी वैश्विक स्वास्थ्य सहयोगमा स्थिरताको आवश्यकता छ। एउटा राष्ट्रपतिय प्रशासनदेखि अर्कोमा यसरि अमेरिकी वैदेशिक सहायता परिवर्तन हुनु वैश्विक स्वास्थ्य समुदायको लागि बाध्यात्मक र हानिकारक छ।  “हर एक्ट” नामक एक अमेरिकी मस्यौदा कानूनले यस मेक्सिको सिटी नीति (ग्लोबल ग्याग रुल)लाई स्थायी रूपमा रद्द गर्नेछ। यस  कानुनलाई वर्तमान संसदले अपनाउनु र प्रशासनले  समर्थन गर्नु अत्यधिक असम्भाव्य भएता पनि, यसले जनतामा थप समर्थन पाइरहेको छ र पछि यो एउटा दिर्घकालिन समाधानको रुपमा अपनाउन सकिन्छ।  

Your tax deductible gift can help stop human rights violations and save lives around the world.

Region / Country